सरकारमाथि प्रश्न उठ्न थालेपछि मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिए

657
0
Share:

काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् । ९४ वर्षीय बयोवृद्ध नेता महाथिरले मलेसियालाई आर्थिक शक्ति राष्ट्रका रूपमा संसारमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उनले आफ्नो राजीनामा राजासमक्ष बुझाएका छन् । उनले सन् २०१८ मा पछिल्लो पटक आमनिर्वाचनमा जित्नुअघि जेलमा रहेका नेता अनवर इब्राहिमलाई सत्ता हस्तान्तरण गर्नका लागि राजीनामा दिएको विश्वास गरिएको छ ।

उनी सन् २०१८ मा संसारकै सबैभन्दा बयोवृद्ध उमेरमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । कुनै समय उनकै उत्तराधिकारी मानिने नजिब रज्जाकले पदमा रहँदा ठूलो भ्रष्टाचार गरेको सार्वजनिक भए पनि उनले सो पार्टी नै छाडेर नयाँ दल बनाएर चुनावमा होमिएका थिए ।

रज्जाक करोडौँ सरकारी रकम हिनामिनाको आरोपमा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । प्रधानमन्त्री कार्यालयले स्थानीय समयअनुसार दिउँसो १ बजे राजीनामा राजालाई बुझाएको जानकारी गराएको छ ।

उनले नेतृत्व गरेको सरकारमाथि प्रश्न उठ्न थालेपछि उनले राजीनामा बुझाएका हुन्। सन् १९८१ देखि २००३ सम्म लगातार मलेसियाको सत्तामा बसेका महाथिर लोकप्रिय नेता हुन् ।

कमेन्ट गर्नुहोस्
Share: