फेवातालमा डुङ्गा डुब्यो, दुई जनाको सकुशल उद्दार, एक बेपत्ता

Share:

पोखरा । पोखराको फेवातालमा सोमबार दिउँसो डुङ्गा डुबेको छ । सोमबार दिउँसो तीन जना सवार डुङ्गा डुबेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तीन जनामध्ये दुई जनाको सकुशल उद्दार गरिएको र एक जनाको अवस्था अज्ञात रहेको कास्की प्रहरीका प्रवक्ता राजकुमार केसीले बिगखबरलाई जानकारी दिए ।

पोखरा घुम्न आएका काठमाडौँको कपन बस्ने २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रूपेश अधिकारीको सकुशल उद्दार गरिएको हो ।

सोहि ठाउँ बस्ने २७ वर्षका सुमित भनिने रामशरण लुइँटेल भने बेपत्ता छन् । चार जनाको टोलि पोखरा घुम्न आएको तर तीन जना मात्र डुङ्गा सयरका लागि गएका थिए ।

तालको खपौँदी क्षेत्रमा डुङ्गा डुबेको वडा प्रहरी कार्यालय, बैदामका डिएसपी यादब ढकालले बताए ।

डुङ्गा डुबेको खबर पाएलगत्तै खटिएको गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराको रेस्क्यू टिम सहितको प्रहरी टोलीले दुई जनाको उद्दार गरेको हो ।

हराएका सुमितको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: