
पोखरा । समाजवादी पार्टीको विस्तार तथा सुदृढीकरण अभियान अन्र्तगत पोखरा महानगरपालिका वडा नं.१३ मा समायोजन कार्यक्रम सम्पन्न भएको छ। पार्टीको विचार जनता विच पुर्याउने, संगठन निर्माण गर्दै आन्दोलनको तयारीका लागि तीन महिने बिसु अभियान सोमवार पोखरा १३ को वडास्तरीय कार्यक्रम संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिमा सम्पन्न भएको हो।
उक्त अवसरमा पार्टीको वडा समिति समायोजन अन्र्तगत देउबहादुर गुरुङको अध्यक्षतामा २५ सदस्यीय वडा समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा उपाध्यक्षमा सुवेदार यारबहादुर गुरुङ, सचिव टकबहार तामाङ, सहसचिवमा नुरमहम्मद मिया,कोषाध्यक्षमा क्या.कृष्णबहादुर गुरुङ र सदस्यहरुमा पञ्चमाया गुरुङ, तिर्थ कुमारी गुरुङ,कमला गुरुङ, रुद्र गुरुङ, सिर्कबहादुर तमाङ, पर्त घले, पारु हमाल, कोमाया गुरुङ, बुद्धिजंग गुरुङ, मगराज गुरुङ, राजबहादुर गुरुङ, डिलबहादुर तमाङ, दलसिह तमाङ, गणेश तमाङ, विमला गुरुङ, बत्ती गुरुङ, इन्द्रदेवी गुरुङ, सन्तोष नेपाली, तारा नेपाली, मिनकाशी गुरुङ चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको घोषणा समाजवादी पार्टी प्रदेश सदस्य तथा रुपा गाँउपालिका संयोजक नारायण सुवेदीले गर्नुभएको थियो भने पद तथा गोपनीयताको सपथ ग्रहण जिल्ला सहसचिव रमेश सिकेले गरेका थिए । नवनिर्वाचित अध्यक्ष देउबहादुर गुरुङले समाजवादी पार्टीको सिद्धान्त र आन्दोलनमा वडा नं.१३ समिति प्रतिवद्ध र शसक्त रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
समाजवादी पार्टी तमुवान राष्ट्रिय समिति सचिव सुवेदार नौबहादुर गुरुङको अध्यक्षता र जिल्ला सदस्य इन्स्पेक्टर मनकाजी गुरुङले संचालन गर्नुभएको कार्यक्रममा पार्टीको सिद्धान्त, बिसु अभियान र आगामी कार्यक्रमका बारेमा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश परिषद अध्यक्ष सुन्दर गुरुङ, केन्द्रिय सदस्य तथा तमुवान राष्ट्रिय सदस्य तथा तमुवान राष्ट्रिय समितिका अध्यक्ष हुमबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा क्षेत्र नं.१ का बिसु अभियन्ता दिपक वाइबा तामाङ, प्रदेश उपाध्यक्ष काशीमाया गुरुङ, प्रदेश सदस्य ई.धर्मराज गुरुङ, पोखरा महानगर अध्यक्ष टिकाराम पौडेल लगायतले प्रशिक्षणात्मक मन्तव्यसहित शुभकामना व्यक्त गरेका थिए । भने संगमटोल विकास संस्थाका धर्मराज पौडेलले कविता वाचन गरेका थिए ।

