मञ्चले गर्यो १४ औं सफल पोखरा म्याराथनको समिक्षा

Share:

पोखरा । भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन ३ गते पोखरामा सम्पन्न १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथनको समिक्षा गरेको छ ।

समिक्षा कार्यक्रममा मञ्चका अध्यक्ष तेज गुरुङले भएका गल्ती कमजोरीहरु सच्चाउँदै आगामी वर्ष हुने म्याराथनलाई अझै परिष्कृत, सभ्य र भव्य गर्न मञ्च सधैं सचेत र सजग बन्नुपर्ने धारणा राखे । उनले पोखरा म्याराथनलाई सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक, प्रायोजक संस्थाहरु, गण्डकी प्रदेश सरकार, पोखरा महानगर, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, पोखराका सम्पुर्ण संघ संस्था, आमा समुहहरु, संचार संस्था तथा पत्रकारहरु विद्यालयहरु, खेलाडी लगायतलाई आभार समेत प्रकट गरेका छन् ।

समिक्षामा पोखरा म्याराथनमा गठित विभिन्न समितीका संयोजकहरुले आ–आफ्ना धारणाहरु राखेका थिए । पोखरा म्याराथन सफल बनाउन २० वटा विभिन्न समितीहरु गठन भएका थिए ।

सो अवसरमा बोल्दै पोखरा म्याराथनका अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङले मञ्चको तर्फ बाट पोखरा म्याराथनलाई सहयोग जारी रहने बताए । उनले भने–“म युके पुग्ने वित्तिकै त्यहाँ पनि हामीले समिक्षा वैठक गर्नेछौं र आगामी दिनमा सहयोगको निरन्तरतालाई कसरी अगाडी वढाउने बारे छलफल गर्नेछौ ।”

कार्यक्रममा पोखरेली मञ्च युकेका सल्लाहाकार महेश गुरुङ, नरजङ्ग गुरुङ्ग, समाजसेवी तथा सहारा युकेका सदस्य योगेश गुरुङले यस पटकको म्याराथनले नयाँ उत्साह संगै नयाँ सन्देश दिएको बताउँदै पोखराको खेलकुदमा नयाँ आयाम थपेको बताए ।

सोे अवसरमा म्याराथन सफल बनाउन सहयोग गर्ने विभिन्न महानुभाव तथा समितीका संयोजकहरुलाई प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: