नेकपा सचिवालय बैठक आज बस्दै

286
0
Share:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ‘कमिसन डिल अडियो’ प्रकरणलाई बैठकको मुख्य एजेण्डा बनाइएको छ ।

विहान ११ बजे बालुवाटारमा बस्ने बैठकमा एमसीसी र पछिल्लो समय नेकपाले बनाएको कार्यदलले दिएको सुझावका विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो धारणा राख्ने बताइएको छ।

यसअघि गत १० फागुन शनिबार बसेको बैठकमा यी विषयमा छलफल भए पनि नेतृत्व टुंगोमा पुग्न सकेको थिएन। त्यसको अघिल्लो दिन ९ फागुनमा एमसीसी अध्ययन कार्यदलले करिब २० दिन लगाएर गरेको अध्ययनको निष्कर्षसहित प्रतिवेदन तयार पारेर बुझाइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: