राष्ट्रियसभाका १८ नयाँ सांसदले लिए शपथ

677
0
Share:

काठमाडौँ – माथिल्लो सदन राष्ट्रियसभामा बुधबारदेखि १८ जना नयाँ सांसद आएका छन् । दुई वर्षे कार्यकाल पूरा गरी १८ जना सांसद मंगलबार बिदा भएपछि बुधबार नयाँ सांसदहरुले शपथ लिएका हुन् ।

राष्ट्रियसभाका नयाँ सांसदहरुलाई बुधबार बिहान राष्ट्रियसभाका अध्यक्षले शपथ गराएका हुन् । नयाँ निर्वाचित भएका १८ जना सांसद मध्ये १६ जना सत्तारुढ नेकपाका छन् ।

नयाँ सांसदहरुमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ रहेका छन् ।

यस्तै विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि बुधबार सांसदको शपथ लिएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: