अज्ञात समूहद्वारा ६ वटा सवारी साधनमा आगजनी

469
0
Share:

बुटवल – कपिवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा बुधबार राति अज्ञात समूहले हुलाकी मार्ग निर्माणमा प्रयोग भएका ६ वटा सवारी साधनमा आगजनी गरेको छ ।

शिवराज नगरपालिकाकोे वडा नम्बर ९ तुरुन्तपुरमा बुधबार राति पौने १ बजे एउटा स्काभेटर अज्ञात समूहले जलाएको प्रहरीले जनाएको छ ।

यस्तै विजयनगर गाउँपालिकाको वडा नम्बर २ लोहोरौलामा एउटा स्काभेटर, दुईवटा जेसिभी, दुईवटा पिकअप बोलेरो जलाएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

आगजनी भएका साधन हुलाकी मार्ग निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको प्रहरीले जनाएको छ । ना १ क ९०६९, बा २ क ८७२९ नम्बरको जेसिभी, बा १९ च ६६४७, बा १६ च ५२५० नम्बरको बोलेर र से १ क ७० , बा २ क १४७३ नम्बरको स्काभेटरमा आगजनी भएको गणेशपुर प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: