
काठमाडौं । कोभिड–नाइन्टिन (कोरोना भाइरस) का कारण बेलायतमा पहिलो व्यक्तिको ज्यान गएको छ । कोरोनाको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।
कोरोना संक्रमणबाट बेलायतमा निधन हुने उनी पहिलो व्यक्ति हुन् । गएको बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि ती महिला रोयल बर्कशायर अस्पतालमा भर्ना भएकी थिइन् ।
बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो ।
कमेन्ट गर्नुहोस्
