यस्तो रहनेछ आजको मौसम

646
0
Share:

काठमाडौँ – स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशको पूर्वी र पश्चिमी पहाडी भेगमा आंहशक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन्।

आइतबार दिउँसो देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी र पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: