आजको मौसम : मेघगर्जनसहित पानी पर्ने सम्भावना

413
0
Share:

काठमाडौं ।  आज (मङ्गलबार) मध्य र पूर्वी पहाडका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आज अपरान्हपछि मध्य र पूर्वी पहाडका थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

राति पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भूभागका थोरै स्थानहरुमा चट्याङसहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: