घट्यो सुनको मूल्य, कति छ आज ?

Share:

काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा गिरावट आएको छ ।

शुक्रबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ७७ हजार कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आइतबार ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: