
काठमाडौं, मंसिर २८ । अमेरिकी सुरक्षाकर्मीको ज्यादतीबिरुद्ध अमेरिकामा ब्यापक प्रदर्शन भएको छ । अमेरिकाको वाशिङटन डिसी र न्युयोर्क लगायत अन्य शहरमा भेला भएका हजारौं प्र
दर्शनकारीहरुले प्रहरीले पछिल्लो समय काला जातीलाई निशाना बनाएको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।
काला जातीको जीवन रक्षा गर भन्ने ब्यानर बोकेका प्रदर्शकारीहरुले अमेरिकी सरकारको विरोधमा चर्का नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन् ।उनीहरुले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोश समेत ब्यक्त गरेका छन् ।
अमेरिकामा पछिल्लो समय एरिक गार्नर नामक काला जातीका ब्यक्ति सुरक्षार्मीको ज्यादतीका कारण मारिएको भन्दै विरोध प्रदर्शन गरिएको हो । दुई काला जातीको हत्या गर्ने प्रहरीमाथि मुद्दा नचलाएपछि अमेरिकी सरकारको ब्यापक आलोचना भइरहेको छ ।
