
काठमाडौं । भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । संक्रमणको आशंका पछि राजधानी दिल्लीको सफदरजंग अस्पतालको आइसोलेसन वार्डमा राखिएका युवकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
युवकले बुधबार बेलुका अस्पतालको सातौँ तलबाट हामफालेर आत्महत्या गरको जनाइएको छ । आत्महत्या गर्नेको परिचय भने खुलाइएको छैन ।
ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । दिल्ली एयरपोर्टमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको थियो । नमूना संकलन गरेर परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआउँदै आत्महत्या गरेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
