राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित

Share:

काठमाडौँ – कोरोना भाइरसको सम्भावित जोखिमको खतराका कारण राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो ।

यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: