प्रधानमन्त्री ओलीले आज साँझ जनतालाई सम्बोधन गर्ने

Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनतालाई सम्बोधन गर्ने भएका छन् ।

उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग विहान छलफल गरेका प्रधानमन्त्रीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्रीले आजै साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने जनाइएको छ । प्रधानमन्त्रीको सम्बोधनलगत्तै उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: