आज केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने

460
0
Share:

काठमाडौं । अहिले देशको पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पहाडका केही क्षेत्रमा मेघ गर्जनसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशको पश्चिमी तथा पहाडी भु–भागमा आंशिक बदली रहेको र बाँकी भागमा भने मौसम सामान्यतया सफा रहने छ । देशका धेरै ठाउँमा बिहानपख मौसम खुलेर घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
साथै राति देशको पूर्वी र मध्य भू–भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको र बाँकी भागमा भने सामान्यतया मौसम सफा रहने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: