व्यावसायिक महिला क्लबको आँखा अस्पताललाई ७ लाख ६३ हजारको मेशिन सहयोग

Share:

पोखरा । पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले हिमालय आँखा अस्पताल पोखरालाई आँखा जाच्ने मेशिन सहयोग गरेको छ ।

क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै बाडेन बाडेनको सहयोगमा ७ लाख ६३ हजार स्पैया वरावरको आँखा जाच्ने मेशिन सहयोग गरेको हो ।

आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर डा.ईन्द्रमान महर्जन, व्यावस्थापक कुमार गर्वुजा, लेखाअधिकृत वामदेव सुबेदि, आउटरिच ईन्चार्ज सुभाष नेपाल लगायतलाई क्लवका तर्फबाट कार्यक्रम संयोजक लक्ष्मी गुरुङ, अध्यक्ष हरिमाय शर्मा, उपाध्यक्ष धनेश्वरी पराजुली, सचिव ईन्दु भट्टराई, कोषाध्यक्ष कल्पना ढुङ्गना, सदस्यहरु रजनी श्रेष्ठ, गंगालक्ष्मी गुरुङ्ग, कृष्ण कुमारी गुरुङ्ग र पुर्व कोषाध्यक्ष अनार भारीले संयुक्त स्पमा मेशिन हस्तान्तरण गरेका थिए ।

अस्पतालमा दिन प्रतिदिन विरामीको संख्या बढदै गएकोमा प्राप्त मेशिनले विरामीको चाप व्यवस्थापन गर्न सगै आएका विरामीलाई चाडे सेवा दिन सहज हुने मेडिकल डाईरेक्टर महर्जनले जानकारी दिए । सहयोगका लागि दाता क्लवलाई धन्यवाद दिदै सबैको सहयोगका कारण विरामीलाई सेवा दिन अस्पताल सफल भएको समेत उनको  भनाई रहेकाे  छ । क्लवले केही समयदेखी निशुल्क आखा शिविर सगै औषधी र चस्मा वितरण गदै आएको क्लबकी उपाध्यक्ष धनेश्वरी पराजुलीले जानकारी दिईन ।

शिविरमा आएका र अप्रेशन गर्न आवश्यक विरामीहरुलाई क्लवले हिमालय आँखा अस्पतालको सहयोगमा अप्रेशन समेत गरेको जानकारी दिदै गत पुसदेखी हालसम्म चार स्थानमा आखा शिविर मार्फत करिव १५ सयले सेवा लिएको पराजुलीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: