फ्रान्सबाट नेपाल आएकी नेपाली युवतीमा कोरोनाको सङ्क्रमण

Share:

काठमाण्डौ – काठमाण्डौमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ ।

गएको चैत ४ गते फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी नेपाली युवतीमा कोरोनाको सङ्क्रमण देखिएको र उनको उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलन उनले युवतीको सम्पर्कमा रहेका सबै व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी दिए।

यसअघि चीनको वुहानबाट फर्किएका अर्का नेपालीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । उनी अहिले निको भएर घर फर्किसकेका छन् । त्यसबाहेक परीक्षण गराएका मध्ये कसैलाई पनि कोरोनाको सङ्क्रमण देखिएको थिएन । टेकुमा अहिलेसम्म ६ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: