गण्डकी प्रदेश जोड्ने सबै नाका भोलिबाट बन्द हुने 

Share:
पोखरा। गण्डकी प्रदेशले अत्यावश्यक बाहेकका सवारी साधन संचालनमा मंगलबारदेखि रोक लगाउने भएको छ।
कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न गठित उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले गण्डकी प्रदेश जोडिने नाकाहरु बन्द गर्ने निर्णय गरेको हो। बैठकले प्रदेशभित्र रहेका अत्यावश्यक बाहेकका पसल एवं व्यवसाय समेत बन्द गर्न आह्वान गरेको छ।
तरकारी तथा फलफूल, खाद्यान्न, दुग्ध, ग्यास, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सेवाका पसल भने नियमित संचालन हुनेछन्।
कमेन्ट गर्नुहोस्
Share: