कोरोना महामारी : ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो

Share:

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २४ हजार ९० पुगेको छ। यस्तै संक्रमणको संख्या विश्वभरबाट ५ लाख ३२ हजार २ सय ६३ जना पुगेको छ भने १ लाख २४ हजार ३ सय ४९ जना उपचार पछि निको भएका छन् ।

नेपालमा हालसम्म भेटिएका तीन संक्रमितमध्ये एकजनाको उपचार भइसकेको छ भने दुई जना उपचाररत छन् ।

नेपालको छिमेकी राष्ट्र भारतमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । भने ६ सय ४९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: