
स्याङ्जा । स्याङ्जामा गोली लागेर एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । स्याङ्जाको हरिनास गाँउपालिका स्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ बर्षिय रविन्द्र पौडेलको आज (शुक्रवार) गोली लागेर मृत्यु भएको हो ।
शुक्रवार दिउँसो करिव १ बजेतिर इलाका प्रहरी चौकीको हतियार व्यवस्थापन शाखामा काम गर्दै गर्दा अचानक गोली पड्केर लागेर घाईते भएका थिए ।
पौडेलको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटना बारे अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
