पर्वतमा चैत १ पछि भित्रिएका सबैले १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने, आजदेखि खुइजरीमा आवतजावत बन्द

Share:

पर्वत । पर्वत जिल्लामा चैत १ गतेपछि विदेशबाट भित्रिएका सबै जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ। पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पदम गिरीसहित जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिहरुबीच भएको संयुक्त बैठकले विदेशबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो।

विदेशबाट आएकाहरूलाई अहिलेसम्म होम क्वारेन्टाइनमा राख्ने निर्णय भएको भए पनि परिवारका सदस्यहरू समेत जोखिममा पर्ने र त्यसले सङ्क्रमण फैलन सक्ने भएकाले परिवारको समेत सम्पर्कमा नराखी साबिक गाविसका वडामा रहेका विद्यालयहरूमा राख्ने व्यवस्था गरिएको छ ।

यसैबिच पर्वतको मोदि गाउँपालिका वडा नं. ४ खुइजरीमा पनि आजदेखि खुइजरी प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरेको छ । कोरोना भाइरस विरुद्धको अभियानमा खुइजरी सामुदायिक बैठक समितिले आज (आइतबार) देखि अनिश्चित कालिन समयको लागि बन्दको निर्णय गरेको हो । समितिले क्याङ–खुइजरी, बाजुङ्ग–खुइजरी लगायतका सबै नाका सँगै एक गाउँबाट अर्को गाउँसम्म आवतजावत गर्न पनि रोक लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: