ढुङ्गा निकाल्ने क्रममा पुरिँदा एक पुरुषको मृत्यु

Share:

लमजुङ । लमजुङमा ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गा माटोले पुरिँदा आज एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ दोर्दी गाउँपालिका –९ टक्सारका करिव ४५/४६ वर्षका गम बहादुर बि.क.रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरीनायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिएका छन् ।

आज (आइतबार) दिउँसो करिव २ बजे घर बनाउने ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गा माटोले बि.क.लाई पुरेको थियो। घाइते बि.क. लाई प्रहरी टोलीले उद्धार गरि उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेशीशहर लमजुङ पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: