लकडाउन प्रभावित घरपरिवारको विवरण संकलन

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ स्थित पानीटंकी बरेलीचोक टोल विकास संस्थाले कोरोनाको महामारीसँगै जारी लकडाउनका कारण समस्यामा परेका घरपरिवारको विवरण संकलन गरेको छ ।

संस्थाले टोल विकास अन्तर्गत बसोवास गर्ने दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका अनाथ, पूर्ण अपांग एवम् विपन्न महिला तथा बालबालिकाको विवरण संकलन गरी वडा कार्यालयमा पठाएको संस्थाका अध्यक्ष वसन्तराज आचार्यले जानकारी दिए । प्रारम्भिक चरणमा टोल विकास अन्तर्गतका १२ घरपरिवारको विवरण संकलन गरिएको र वडा मार्फत आवश्यक सहयोगका लागि अनुरोध गरिएको उनले बताए ।
कोरोना संक्रमणका कारण विश्व नै तहसनहस बन्दै गएका अवस्थामा प्रत्येक नागरिक यसबाट जोगिनका लागि सचेत बन्नुको विकल्प नभएको स्थानीय समाजसेवी टंकराज आचार्यले बताए । पोखरा महानगरपालिका वडा नं ३३ भित्र जनप्रतिनिधि, राजनीतिक दल एवम् टोल विकास संस्थाको समन्वय एवम् पहलमा विवरण संकलन भैरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: