
काठमाडौं । सरकारले सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमै स्थगित भएको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्षका सबै कार्यक्रम औपचारिकरुपमै स्थगित स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जनाएको छ ।
गत डिसेम्बरदेखि चीनको हुवेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस विश्वका २०१ मुलुक फैलिसकेको अवस्थामा सरकारले औपचारिकरुपमै भ्रमण वर्षका सबै कार्यक्रम स्थगित गर्ने निर्णय लिएको हो।
यस्तै सरकारको निर्णयसँगै २०७७ वैशाखदेखि भ्रमण वर्ष सचिवालय पनि खारेज हुने भएको छ। भ्रमण वर्ष सचिवालयको नेतृत्व उद्योगी सुरज वैद्यले गर्दै आएका छन्। सरकारले गत फागुन १८ मै भ्रमण वर्षका औपचारिक कार्यक्रम रोक्ने निर्णय लिएको थियो।
मन्त्रिपरिषद्को यसअघि बसेको बैठकले वैशाख १ गतेदेखि लागु हुने गरी भ्रमण वर्ष सचिवालयको कार्यालय विघटन गर्ने निर्णय गरेकोे जनाइएको छ ।
