
काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। हिजो एकैदिन ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्युहुनेको संख्या अहिलेसम्म ४२ हजार १ सय ५८ पुगेको छ।
इटलीमा सबैभन्दा धेरै ११ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ । इटालीमा हिजो एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म १ लाखभन्दा बढी मानिसमा संक्रमण फैलिसकेको छ ।
अमेरिकामा सबैभन्दा धेरै अहिलेसम्म ८ लाख ५७ हजार ४ सय ८७ जना संक्रमित भएका छन् भने ३ हजार ८ सय ६० जनाको मृत्यु भएको छ। स्पेनमा कारोना संक्रमणका मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ।
यस्तै छिमेकी राष्ट्र भारतमा हिजो थप ३ जनाको मृत्युभएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ। १ सय ४६ जना नयाँ संक्रमित भेटिएका छन्।
यता कोरोना संक्रमणका कारण बेल्जियममा १२ वर्षकी बालिकाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण १२ वर्षीयको मृत्यु भएको यो पहिलो घटना हो ।
