डिजेल, पेट्रोल, मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

Share:

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। कोरोना भाइरस (कोभिड–१९) ले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा विक्री मूल्य १० रुपैयाँ प्रतिलिटरले घटाएको हो। यो निर्णय बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिले गरेको हो।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ पर्नेछ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य प्रतिलिटर ८५ रुपैयाँ भएको छ।
आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटेको छ। अब हवाई इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ पर्नेछ । बाह्य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०.९५ डलर पर्नेछ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: