आज रामनवमी पर्व

1327
0
Share:

काठमाडौं । आज चैत्र शुक्ल नवमी अथात राम नवमी पर्व । आज श्रद्धा भक्तिपूर्वक भगवान् रामकोे पूजा आराधना गरी मनाइँदैछ। कोरोना भाइरसको महामारीले अहिले देशै लकडाउन भएका कारण यस वर्ष रामनवमीका अवसरका मन्दीरहरुमा भक्तजनहरु जाने अवस्था नरहेको हुनाले घरमै श्रद्धा पूर्वक रामको पूजा गरेर मनाउँदै छन्।

त्रेतायुगमा यसै दिन अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो। भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए।

यस्तै श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।

रामनवमी पर्वको अवसरमा देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ । रामनवमीमा जनकपुरको गंगा सागर, धनुषसागर, अर्घजा पोखरीमा स्नान गरी राम जानकी मन्दिरमा पूजा पाठ गरे पारिवारिक सुख शान्तिका साथै हरेक प्रकारका दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: