
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हिजो एकै दिनमा झण्डै ५ हजार जनाको मृत्यु भएसँगै विश्वभर अहिले सम्म मृत्यु हुनेको संख्या ४७ हजार २ सय ४५ पुगेको छ । यस्तै एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएका छन्। अहिलेसम्म संक्रिमितको संख्या ९ लाख ३५ हजार ९ सय ५७ जना पुगेको छ । भने १ लाख ९४ हजार २ सय ८६ जना उपचार पछि निको भएका छन् ।
अमेरिकामा हिजो मात्र सबैभन्दा धेरै १ हजार भन्दा बढीको मृत्यु भएको छ। त्यहाँ २६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ भने संक्रमितको संख्या २ लाख १४ हजार पुगेको छ।
त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय नाघको छ भने संक्रमितको संख्या १ लाख ४ हजार पुगेको छ। इटलीमा मृत्यु हुनेको संख्या १३ हजार पुगेको छ भने संक्रमितको संख्या १ लाख १० हजार नाघेको छ।
यता छिमेकी देश भारतमा ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ । भने सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ९८ पुगेको छ ।
