
काठमाडौं, २० चैत्र । नेपालमा अर्का एक जनालाई पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६ पुगेको छ ।
कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट नेपाल आएकी बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको आज नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयले जानकारी दिएको हो ।
उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं उत्रिएकी थिइन् । योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ। अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ ।
यो पनि पढ्नुहोस् :
नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो
नेपालमा कोरोना संक्रमित चौथो बिरामी भेटिए
नेपालमा कोरोना संक्रमित तेस्रो बिरामी भेटिए
फ्रान्सबाट नेपाल आएकी नेपाली युवतीमा कोरोनाको सङ्क्रमण
