
बाग्लुङ । कोरोना संक्रमण संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार सुरु गरिएको छ। उनीमा कोरोना संक्रमण बिहीबार पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। उनको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
होम क्वारेन्टाइनमा बस्दै आएकी उनलाई कारोना संक्रमण पुष्टि भएपछि हिजोनै आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । पाँचौ संक्रमित युवतीको पनि सोही अस्पतालमा नै उपचार भइरहेको छ। युवती पनि बागलुङ नगरपालिका–४ कुँडुलेकी हुन्।
ती महिला बेल्जियमबाट पाँचौ संक्रमित युवतीसँगै कतार एयरको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा नेपाल आएकी थिइन्। उनी बेल्जियममा रहेकी छोरीलाई भेटेर फर्किएकी थिइन् । छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण नदेखिएको भन्दै उनको स्वावको नमुना संकलन गरिएको थिएन ।
बागलुङमा जोखिम बढ्दै गएपछि एउटै विमानमा आएका बागलुङका चारैजनाको स्वाब परीक्षणका लागि दबाब बढेपछि नमुना पठाइएको थियो ।
संक्रमित बाग्लुङकै अर्की युवती र उनी सवार विमानमा आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।
यो पनि पढ्नुहोस् :
नेपालमा अर्का एक जनामा पनि कोरोना पोजेटिभ : संक्रमित संख्या ६ पुग्यो
