बहराइनमा १२ जना नेपालीमा कोरोनाको संक्रमण

Share:

काठमाडौं । बहराइनमा १२ जना नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको हो।

बहराइनमा २ अप्रिल बेलुवा ८ बजे सम्म ३६ हजार ५सय ६ जनामा कोरोना संक्रमण भए/नभएको परिक्षण गरिएकोमा १२ जना नेपालीसँगै अन्य गरी त्यहाँ अहिलेसम्म संक्रमित व्यक्तिहरुको संख्या २५८ जना रहेको दूतावासले जनाएको छ । ती मध्य ३ जनाको क्रिटिकल अवस्थामा रहेका छन्। साथै संक्रमणबाट सन्चो भएर डिस्चार्ज हुनेको संख्या ३८१ पुगेको दूतावासले बताएको छ।

बहराइन सरकारले संक्रमितले क्वारेनटाइन अवज्ञा गरेको पुष्टी भएमा ३ महिना सम्म जेल सजाय अथवा वहरानी डिनार १ हजार देखि १० हजार सम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान जारी गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: