
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (शनिबार) अपराह्न ४ बजे बस्दै छ । बालुवाटारमा बस्ने बैठकमा सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुन बताइएको छ ।
त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने र अन्य नियमित एजेण्डामाथि छलफल गरिने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
