आजदेखि बुटवल र चितवनमा पनि कोरोना परीक्षण गर्ने

477
0
Share:

काठमाडौं । आज (आइतबार)देखि बुटवल र चितवनमा पनि कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्ने तयारी गरेको छ । यसअघि धरान, जनकपुर, हेटौँडा, पोखरा, सुर्खेत र धनगढीमा परीक्षण सुरु गरिसकेको छ । योसँगै अझै धेरै जनाको कोरोना परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले सम्म १ हजार ४ सय ४१ वटा नमुना परीक्षण भएको छ भने काठमाडौं उपत्यकामा १५ जना र काठमाडौं बाहिर ५४ गरी ६९ जना आइसोलेसनमा छन् ।

नेपलमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ । जसमध्य २ जना टेकू, २ जना बाग्लुङस्थित अस्पतालमा र ४ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: