चैत महिनामा विदेशबाट आएका र कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको कोरोना परिक्षण गरिने

Share:

काठमाडौं । सरकारले चैत महिना लागेपछि विदेशबाट आकएका र कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका सवैको कोरोना परिक्षण गरिने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा हालसम्म १ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिंदै चैत लागेपछि विदेशबाट आएका सवै, कैलाली, कञ्चनपुर र बाग्लुङ्का कोरोना संक्रमितहरुका आफन्त तथा उनीहरुको सम्र्पकमा आएका सबैको परिक्षणका लागि टोली खटाएको जानकारी दिइएको हो ।

उनीहरुको आरडिटि प्रविधिबाट परिक्षण गर्ने र त्यसमा पोजिटिभ देखिए पुनः पिसिआर परीक्षण गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: