लकडाउन बैशाख ३ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

Share:

काठमाडौं । सरकारले लकडाउन फेरी ८ दिन थप गरेको छ । सोमबार बसेकोे मन्त्रिपरिषद्को बैठकले लकडाउन ८ दिन थप गरि बैशाख ३ सम्म लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो ।

यसअघि कोरोना भाइरस (कोभिड(१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

त्यो अवधि पूरा नहुँदै १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गते राती १२ बजेसम्म लकडाउन लम्ब्याएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: