बेलायती प्रधानमन्त्री जोनसन आईसीयूमा भर्ना

Share:

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण अवस्था गम्भीर बनेपछि मेडिकल टिमको सुझावका आधारमा आईसीयूमा सारिएका हुन् ।

५५ वर्षका जोनसोनमा कोरोना संक्रमणको सामान्य लक्षण देखिएपछि १० दिनअघि जाँच गराउँदा संक्रमणको पुष्टी भएको थियो । अहिले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: