
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभर मृत्यु हुनेका संख्या ७४ हजार नाघेको छ । अहिलेसम्म विश्वमा ७४ हजार ६ सय ९७ जना को मृत्यु भएको छ । यस्तै संक्रमित हुनेको संख्या १३ लाख ४६ हजार ५ सय ६६ पुगेको छ भने विश्वभर दुई लाख ७८ हजार ६ सय ९५ जना निको भएर घर फर्किएका छन्।
अहिले सम्म सबै भन्दा धेरै इटालीमा १६ हजार भन्दा बढीको मृत्यु भएको छ भने स्पेनमा १३ हजार भन्दा धेरै मानिसकोम मृत्यु भएको छ।
यस्तै अमेरिकामा पछिल्लो समय नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ।
अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ। अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ। संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेका छन्।
