कोरोना प्रभाव : गल्फको तीन ठुला प्रतियोगिता स्थगित

Share:

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाका कारण गल्फका तीन ठुला प्रतियोगिता स्थगित भएको छ । अमेरिकामा आयोजना हुने द मास्टर्स, युएस पिजिए च्याम्पियनसिप र युएस ओपन गल्फ स्थगित गरिएको हो ।

अब अप्रिलमा हुने द मास्टर्स नोभेम्बरमा हुनेछ । यस्तै आगामी मे महिनामा तय भएको युएस पिजिए अगष्ट र जुनमा तय भएको युएस ओपन सेप्टम्बरमा हुनेछ ।

त्यस्तै १ सय ४९ औं संस्करणको ओपन च्याम्पियनसिप गल्फ भने रद्द गरिएको छ । जुलाईमा तय भएको यस प्रतियोगिता अब सन् २०२१ मा हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: