चितवन कावलेका चेपाङलाई ३५ सय जोर न्यानो कपडा वितरण

Share:

विग न्यूज/ पोखरा, २ पुस | फेसबुकबाट शुरु भएको ‘न्यानो कावले अभियान’मार्फत चितवनको कावलेमा रहेका चेपाङ बालबालिका तथा अभिभावकहरुले करिब ३५ सय जोर न्यानो कपडा प्राप्त गरेका छन् । करिब एक महिनासम्म चलेको अभियानमार्फत जम्मा भएको कपडालाई ९ जनाको टोलीले कावले पुगेरै चेपाङहरुमाझ वितरण गरेको थियो । मंसिर २९ गते कावलेकै स्थानिय जनप्रिय माध्यामिक विद्यालयमा एक कार्यक्रममाझ कपडा वितरण गरेको टोलीले जानकारी दिएको छ ।

Chepang

गायिका ईन्दिरा जोशी सहित मिडियाकर्मी संजोग बस्याल, कलाकार रेम बिक, फिल्मकर्मी राजीव श्रेष्ठ, मिडियाकर्मी दिनेश लामिछाने, सौगात पोखरेल, सबिना आचार्य, जीवन गुरुङ र संजय शाक्यको टोली कपडा वितरणका लागि चितवनको विकट गाविस कावले पुगेको थियो ।

‘धादिङको हुग्दीखोला हुँदै करिब चार घण्टाको कच्ची उकालो बाटोमा डम्फर चढेर पुग्दा स्कुल पढ्ने चेपाङ बालबालिका र उनीहरुका अभिभावकहरु थर्थरी काम्दै न्यानो कपडालाई कुरेर बसेका थिए ।’ गायिका ईन्दिरा जोशीले भनिन्–‘जाडोले कठ्याङ्रिएका बालबालिकाको दुख देख्न नसकेपछि जानेवित्तिकै हामीले मन थाम्न नसकेर कपडा वितरण शुरु ग¥यौँ ।’ कावलेमा देखिएको चेपाङ बालबालिकाको पिडा साँच्चै निकै दुख लाग्दो देखेर आँशु थाम्न नसकेको उनले बताईन् ।

यस्तै मिडियाकर्मी संजोग बस्याल पनि काउलेको चेपाङ बालबालिकाको हालत देखेर निकै मर्माहत भएको बताए । लक्षित वर्गलाई नै कपडा वितरण गर्दा निकै खुशि लागेको अनुभव टोलीका अन्य सदस्यहरु राजीव श्रेष्ठ, रेम बिक, जीवन गुरुङ, दिनेश लामिछाने, सौगात पोखरेल, संजय शाक्य र सबिना आचार्यले सुनाए ।

जनप्रिय माध्यामिक विद्यालय कावलेका प्राचार्य नेत्र अधिकारीले टोलीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चेपाङ बालबालिकालाई सहयोग गरिदिन आग्रह गरे । कपडा वितरण गरिसकेपछि त्यहाँका पाका चेपाङ वृद्धवृद्धाहरुले सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै यस्तै सहयोगी मन सँधै भैराखोस् भन्ने आर्शिवाद समेत दिए ।

‘न्यानो काउले अभियान’मा ब्रें्रज मेस्रो फिल्म प्रोडक्शन हङकङ, घान्द्रुक तमु समाज कास्की, फेन्सी व्यवसायी व्यापारिक एशोसियसन हनुमान गल्ली बगर, सरिता ताम्राकार, कोपीला पण्डित, अरुण जिसी, रञ्जिता प्रधान(बुटवल), अस्मिता गुरुङ, सुर्योदय कला केन्द्र पोखरा, होटल डालिमा सभागृहचोक, बलराम आचार्यसँगै अन्य धेरै जनाले कपडा संकलनमा सहयोग गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: