
काठमाडौं । सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । दुवै परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।
यसअघि सरकारले कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)पनि स्थगित गरेको थियो ।
कमेन्ट गर्नुहोस्

