
काठमाडौं । नक्कली स्यानिटाइजर बिक्री गरको आरोपमा भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माका सञ्चालक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा मङ्गलबार औषधि व्यवस्था विभाग बबरमहलका वरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले फर्मामा छापामारी खानतलासी गर्दा नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि पक्राउ गरेको हो । प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १ सय ४९ थान बरामद गरी अनुसन्धान शुरु गरेको छ ।
