सरकारले अवैतनिक महावाणिज्यदूतको सुविधा खोस्यो

459
0
Share:

काठमाडौं । सरकारले अवैतनिक महावाणिज्यदूतहरुलाई उपलब्ध गराउँदै आएको कूटनीतिक सुविधा खोसेको छ । एक अवैतनिक महावाणिज्यदूतले आफ्नो ओहदाको दुरूपयोग गर्दै गैरकानूनी गतिविधिमा संलग्न रहेको भेटिएलगत्तै सरकारले सो निर्णय लिएको हो ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, अब विभिन्न देशमा रहेका नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो सवारीमा नीलो नम्बर प्लेट, सिंहदरबार प्रवेश पास, विमानस्थलको भीभीआईपी कक्ष र नेपालको झण्डा प्रयोग गर्न पाउने छैनन् ।

मन्त्रालयले विज्ञप्ति निकालेर अवैतिनक दूतलाई औपचारिक कार्यक्रमको लागि उपलब्ध गराएको सुविधा अरु समयमा पनि प्रयोग भएपछि सुविधा फिर्ता गरेको जनाएको छ । मन्त्रालयले अर्को सूचना नआएसम्मको लागि उनीहरुलाई उपलब्ध गराउँदै आएको सुविधा खोसेको जानकारी गराएको हो ।

गएको मङ्गलबार किर्गिस्तानका लागि सरकारका महावाणिज्यदूत रहेका सुलभ अग्रवाल स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा प्रक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: