कोरोना महामारी : विश्वमा मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो, अमेरिकामा एकैदिन १९ सयको मृत्यु

Share:

काठमाडौं, २८ चैत्र । विश्वमा कोरोनाको संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ९५ हजार ७ सय २२ पुगको छ। विश्वभर संक्रमितको संख्या १६ लाख ३ हजार ७ सय १९ पुगेकोे छ भने ३ लाख ५६ हजार ६ सय ५५ जना उपचारपछि निको भएका छन्।

अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ। त्यहाँ हिजो ३३ हजार ५ सय बढी संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या सबैभन्दा धेरै ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ।

यस्तै फ्रान्समा मृत्यु हुनेको संख्या १२ हजार २ सय १० पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख १७ हजार ७४९ पुगेको छ। इटालीमा मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ।

यता छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या २ सय २६ जना पुगेको छ भने संक्रमित संख्या ६ हजार ७ सय पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: