एनएमबि बैंकद्वारा गण्डकी प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण

Share:

पोखरा । एनएमबि बैंकले गण्डकी प्रदेशसरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । हिजो (बिहिबार) एनएमबि बैंकका सञ्चालक योगेन्द्र लाल प्रधान र गण्डकी प्रदेश प्रमुख गणेश पराजुलिले संयुक्त रुपमा १०० थान गुणस्तरयुक्त पीपीई गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वीसुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् ।

उक्त पीपीई हस्तान्तरण गर्दै कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको सञ्चालक प्रधानले जानकारी दिए । उनले भने – “यस महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा हामी पनि प्रतिबद्घ छौं ।”

कमेन्ट गर्नुहोस्
Share: