
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वस्थ्यमा सुधार आएको छ । कोरोना भाइरस (कोभिड–१९) को उपचारको क्रममा आईसीयूमा रहेका जोन्सनलाई बिहीबार आईसीयूबाट बाहिर निकालिएको छ । जोन्सनको अवस्थामा सुधार आएसँगै उनलाई आईसीयूबाट बाहिर निकालिएको हो ।
उनी अझै केही दिन उनी अस्पतालमा नै बस्ने जनाइएको छ । जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि उनी आइतबार लण्डनस्थित सेन्ट थम्सन अस्पतालमा भर्ना भएका थिए । सोमबार उनलाई आईसीयूमा राखिएको थियो ।
कमेन्ट गर्नुहोस्
