पोखरामा गोरु काट्ने २ पक्राउ

Share:

पोखरा । पोखरामा गोरु काट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राती ११ बजेको समयमा पोखरा महानगरपालिका–३३ छप्ल्याङ चालिसे भन्ने ठाउँमा गोरु काट्दै गर्दा काटेको मासु सहित २७ वर्षीय अनिस भुजेल र ३७ वर्षीय संजय कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । दुवै पोखरा महानगरपालिका–३२ लामेआहाल बस्दै आएका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: