
कैलाली । कैलालीमा थप एक महिलामा कोरोना (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ भरुवाकी ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको ¥यापिड टेष्टमा नेगेटिभ देखिए पनि पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।
यसअघि लम्की चुहानगरपालिका वडा नं. ९ स्थित सरस्वतीमाविमा रहेका २१ वर्षीय एक युवकमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।उनी भारतको मुम्बइबाट नेपाल आएका थिए ।
नेपालमा यसअघि १२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
