काठमाडौं पेप्सीकोलामा एकै परिवारका दुई जनामा कोरोना देखियो

Share:

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा (८१ वर्षीया), छोरा (५८ वर्षीय) र बुहारी (५२ वर्षिया) को ¥यापिड टेष्ट गर्दा पोजिटिभ आएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर पीसीआरबाट थप परीक्षण गर्दा आमा र छोराको रिपोर्ट पोजेटिभ आएको हो । ¥यापिड टेस्टमा बुहारीलाई पनि पोजिटिभ देखाएको थियो तर, टेकु प्रयोगशालामा गरिएको पीसीआर टेस्टमा नेगेटिभ देखाएको जनाइएको छ ।

उनीहरु तीनै जना अहिले पाटन अस्पतालको आइसोलेशनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । उनीहरु गएको चैत ५ गते बेलायतबाट फर्किएका हुन् ।

पाँच वटा टावर रहेको उक्त अपार्टमेन्टमा ५ सय परिवार बस्दै आएका छन् । प्रहरीले उक्त अपार्टमेन्टलाई सील गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: