
पोखरा । पोखराकी एक महिलाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । बुधबार पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको आरडीटी विधिबाट नमुना परीक्षण गर्ने क्रममा पोखरा –१२, ढिकालेथरकी ५५ वर्षीया महिलामा एन्टिबडी पोजेटिभ देखिएको हो ।
उनको स्वाब परीक्षण निकालिएको छ । उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भएरनभएको पुष्टि हुने गण्डकी स्वास्थ्य निर्देशनाले जानकारी दिएको छ ।
अहिले महिलाको अवस्था सामान्य रहेको जनाइएको छ । उनी घरमा एक्लै बस्दै आएकी थिइन् । उनी दुबईमा छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
